देश/प्रदेश

फोहोर विसर्जनमा आज पनि स्थानीयको अवरोध

By खबरहब

July 18, 2023

काठमाडौँ– नुवाकोट र धादिङको सीमामा पर्ने बञ्चरेडाँडा ल्यान्डफिल साइटका स्थानीय बासिन्दाले आज पनि काठमाडौँको फोहोर विसर्जनमा अवरोध गरेका छन् ।

नुवाकोटको ककनी गाउँपालिका–२ र धादिङको धुनीबेँसी नगरपालिका–१ का स्थानीयवासी बिहानैदेखि सडकमा निस्किएको जनाइएको छ ।

स्थानीयवासी यसअघि सरकार र काठमाडौँ महानगरपालिकासँग भएका सम्झौता कार्यान्वयन नभएको भन्दै हिजोदेखि आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरूले हिजो काठमाडौँबाट फोहोर लिएर गएका टिपरलाई अवरोध गरेपछि टिपर फोहोर विसर्जन नगरी फर्किएका थिए । 

आज काठमाडौँबाट फोहोर बोकेका गाडी नगएको भए पनि स्थानीय सडकमा निस्किएका छन् । हिजो फोहोर लिएर गएका केही टिपर सडक छेउमा पार्किङ गरेर राखिएका छन् ।