ब्रेकिङ स्टोरी

कांग्रेस केन्द्रीय समिति बैठक सुरु 

By खबरहब

July 18, 2023

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक सुरु भएको छ ।

पार्टी कार्यालय सानेपामा सुरु भएको बैठक सामाजिक सञ्जालमा प्रत्यक्ष प्रसारण गरिएको छ। बैठकमा महामन्त्री गगन थापाले पार्टीको एजेण्डा सुनाइरहेका छन् ।

हिजो बसेको पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवाले बैठक लाइभ गर्ने प्रस्ताव गरेका थिए । 

अघिल्लो बैठक बसेको एक वर्षपछि आज केन्द्रीय समिति बैठक बसेको हो । बैठकमा विभिन्न १० एजेन्डामाथि छलफल हुनेछ।