सांकेतिक तस्बिर

अपराध

सामूहिक बलात्कार आरोपमा चारजना पक्राउ

By खबरहब

July 18, 2023

सप्तरी– सप्तरीको कञ्चनरूप नगरपालिकाकी १७ वर्षीया किशोरीमाथि सामूहिक बलात्कार गरेको आरोपमा चारजना पक्राउ परेका छन् । 

पीडितको जाहेरीपछि दिपेश सुवेदी, सुदीप भुजेल, मनोज बिक र कैलाश भनिने टेकराज पोखरेललाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

पक्राउ परेकाहरूले गत २९ असारको राति पुरानो घरमा लगेर सामूहिक बलात्कार गरेको आरोप छ । उनीहरूले घटना सार्वजनिक गरे ज्यान मार्ने धम्कीसमेत दिएका थिए ।

 सोमबार  किशोरीले इलाका प्रहरी कार्यालय कञ्चनपुरमा जाहेरी दिएकी थिइन् ।