फाइल फोटो

ब्रेकिङ स्टोरी

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक : भ्रातृ संगठनको अधिवेशन ६ महिनाभित्र सक्ने

By खबरहब

July 18, 2023

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा पार्टीका ६ भ्रातृ संगठनको महाधिवेशन ६ महिनाभित्र सम्पन्न गर्ने प्रस्ताव गरिएको छ। 

पार्टी कार्यालय सानेपामा सुरु भएको केन्द्रिय समिति बैठकमा महामन्त्री गगन थापाले भातृ संगठनको तदर्थ समिति भदौ १५ भित्र बनाउने र त्यसको ६ महिनामा महाधिवेशन सम्पन्न गर्ने प्रस्ताव गरेका छन्।

थापाले नेपाल प्रजातन्त्र सेनानी संघ, नेपाल भूतपूर्व सैनिक संघ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ, नेपाल मुस्लिम संघ, नेपाल ठाकुर संघ र नेपाल दलित संघको तदर्थ समिति भदौ १५ भित्र बनाउने प्रस्ताव राखेका हुन् ।

यस्तै, बैठकमा प्रत्येक २ महिनामा केन्द्रीय कार्यसमितिको बैठक बस्ने प्रस्ताव पनि गरिएको छ। महामन्त्री थापाले अबको एक वर्षमा बस्ने बैठकको मिति नै प्रस्ताव गरेका छन्।