ब्रेकिङ स्टोरी

संसद्‌मा प्रमुख प्रतिपक्षी आक्रामक छ : रमेश लेखक

By खबरहब

July 18, 2023

काठमाडौँ– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसद्‌मा प्रमुख प्रतिपक्षी नेकपा एमाले आक्रामक रहेको बताएका छन्। पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

गत पुस १० गते बनेको गठबन्धन फागुनमा आएर भत्किएपछि एमाले संसद्‌मा आक्रामक भएको उनले बताए । सरकारबाट बाहिरिएपछि एमाले आक्रामक रुपमा प्रस्तुत भइरहेको उनको आरोप छ । 

उनले संसद् बैठकमा कांग्रेस सांसदहरूको कम उपस्थितिले कहिलेकाहीँ विधेयक नै पारित हुन नसक्ने अवस्था आएको पनि बताएका छन्।

कांग्रेस ठूलो दल भएकाले उसको काँधमा सत्ता गठबन्धनमात्रै नभई संसद्‌मा समेत नेतृत्वदायी भूमिका खेल्ने जिम्मेवारी आइलागेको उनले बताए ।