देश/प्रदेश

रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको मृत्यु

By खबरहब

July 18, 2023

टीकापुर– कैलालीको रानी जमरा कुलरिया सिँचाइ आयोजनामा डुबेर एक युवकको ज्यान गएको छ।

लम्कीचुहा-६ तिलखा निवासी धर्म विष्टका छोरा १७ वर्षीय योगेश विष्टको आज दिउँसो साढे २ बजे रानी जमरा कुलरीयामा डुबेर ज्यान गएको प्रहरीले जनाएको छ। 

उनको शव नदीमा डुबेको तीन घण्टापछि फेला परेको प्रहरीको भनाइ छ।