प्रवास

मेसिनमा च्यापिएर कुवेतमा एक नेपालीको मृत्यु

By खबरहब

July 18, 2023

दोहा– कुवेतमा एक नेपालीको मृत्यु भएको छ । तेल निकाल्ने मेसिनमा च्यापिएर ओखलढुंगाका मान बहादुर भुजेलको मृत्यु भएको हो ।

कुवेतको स्पिडको कम्पनीमा कार्यरत रहेका भुजेलको केओसी प्रोजेक्ट अन्तर्गत रद्का भन्ने ठाउँमा तेल उत्खनन गर्ने मेसिनमा च्यापिएर मृत्यु भएको बताईएको छ । 

विगत १६ वर्ष देखि कुवेतलाई कर्मथलो बनाउँदै आएका मृतक भुजेल परिवारका साथ कुवेतको मङ्गाफमा बस्दै आएका थिए। उनको श्रीमती पनि कुवेतमै रहेकाले घटना बारे त्यहाँस्थित नेपाली दूतावासलाई जानकारी गराइसकेको बताइन ।

पतिको शव नेपाल पठाउन आवश्यक सहयोग गरिदिन दूतावास र गैरआवासीय नेपाली संघ एनआरएन कुवेतलाई अनुरोध समेत गरेकी छन् ।