सांकेतिक तस्बिर

अपराध

२०७९-८० मा लागूऔषध प्रयोग गर्ने साढे पाँच हजारभन्दा बढी पक्राउ

By खबरहब

July 18, 2023

काठमाडौँ– गत आर्थिक वर्ष २०७९-८० मा लागूऔषध कारोबार तथा सेवनमा संलग्न रहेको आरोपमा प्रहरीले पाँच हजार छ सय ११ जनालाई पक्राउ गरेको छ । उनीहरूविरुद्ध तीन हजार सात सय १२ वटा मुद्दा दर्ता गरिएको प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ। 

ब्युरोका प्रहरी उपरीक्षक चक्रराज जोशीका अनुसार उनीहरूबाट १८ हजार २२ किलो गाँजा, पाँच सय २८ किलो चरेस, १४ किलो तीन सय ५० ग्राम हिरोइन, १४ किलो पाँच सय ६७ ग्राम कोकिन र ३४ किलो दुई सय ५८ अफिम बरामद भएको थियो । 

उक्त अवधिमा ६२ हजार दुई सय ७९ एम्पुल ब्रुफेन, ६७ हजार चार सय ३४ एम्पुल डियाजेपाम, ३४ हजार आठ सय २९ एम्पुल फेनारगन, एक लाख पाँच हजार चार सय १४ ट्याबलेट नाइट्राभेट १० हजार सात सय ९७ ट्रामाडोल, आठ हजार नौ सय ५१ बोतल कोरेक्स तथा डाइलेक्स एवं पाँच सय एक किलो खात बरामद गरिएको जोशीले जानकारी दिए ।