प्रवास

यूएईमा एक नेपालीले जिते साढे ३ करोडको चिट्ठा

By खबरहब

August 18, 2023

दोहा– यूएईमा काम गरिरहेका एक नेपालीले साढे ३ करोड रुपैयाँ बराबरको चिट्ठा जितेका छन् । २९ वर्षीय तुलसीले १० लाख दिराम बराबरको चिट्ठा जितेका हुन् ।

महजुजले आयोजना गर्ने साप्ताहिक चिट्ठाको १४१औँ खेपमा उनले चिट्ठा जितेको गल्फ न्यूजले जनाएको छ । उनले साढे एक वर्षदेखि चिट्ठाको टिकट खरिद गर्दै आएको समाचारमा उल्लेख छ । उनले इमेलमार्फत यो सुखद खबर पाएका थिए ।

तुलसीले विगत ११ वर्षदेखि यूएईको निर्माण कम्पनीमा प्राविधिकको रूपमा काम गर्दै आएका छन् । उनले सो रकमबाट विशेष गरी नेपालमा नयाँ घर बनाउने बताए ।

त्यस्तै, सुडानका इन्जिनियर अगिबले ५० हजार दिराम बराबरको सुनको सिक्का प्राप्त गरेका छन् ।