ब्रेकिङ स्टोरी

प्रधानमन्त्री दाहाल र सभामुख घिमिरेबीच छलफल जारी

By खबरहब

August 18, 2023

काठमाडौँ– झन्डै एक महिनादेखि अवरुद्ध संसद खुलाउन सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।

सभामुख घिमिरेको सचिवालयका अनुसार जारी सदनको अवरोध खुलाउने विषयमा सभामुख घिमिरे र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा छलफल भइरहेको छ ।

सदन अवरोध भएपछि सभामुख घिमिरेले प्रधानमन्त्रीसँग एकल र समूहगत गरी पाँच पटक छलफल गरिसकेका छन् ।

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले संसद बैठक अवरुद्ध गर्दै आएको छ ।