आर्थिक

थप ५ कम्पनीले पाए ब्रोकर लाइसेन्स 

By खबरहब

August 18, 2023

काठमाडौँ– नेपाल धितोपत्र बोर्डले थप ५ वटा कम्पनीलाई ब्रोकरलाई लाइसेन्स प्रदान गरेको छ । बोर्डले हिजो थप ५ वटा कम्पनीलाई ब्रोकर लाइसेन्स वितरण गरेको प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए । 

आवश्यक पूर्वाधार तयार गरेका कम्पनीहरूलाई लाइसेन्स दिइएको बोर्डले जनाएको छ ।

लाइसेन्स पाउनेमा सजिलो ब्रोकर, रोडसो सेक्युरिटिज, बेनी सेक्युरिटिज, हिमालयन सेक्युरिटिज र सेक्युरिटिज रहेका छन् । यी समेत गरेर लाइसेन्स पाउने ब्रोकरको संख्या ३७ पुगेको छ । 

यसअघि पहिलो चरणमा लाइसेन्स पाउने ७ वटा ब्रोकर कम्पनीहरूले कारोबार सुरु गरिसकेका छन् ।