सांकेतिक तस्बिर

देश/प्रदेश

जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

August 18, 2023

काठमाडौँ- झापामा जबरजस्ती करणी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

३२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा गाउँपालिका २ हेल्थपोष्ट टोल बस्ने ५७ वर्षीय दिलिप माझीलाई प्रहरीले पक्राउ गरेको छ ।

माझीले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।