सांकेतिक तस्बिर

देश/प्रदेश

दोलखामा भरुवा बन्दुकसहित एक जना पक्राउ

By खबरहब

August 18, 2023

दोलखा- दोलखामा भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन् ।

जिल्लाको कालिञ्चोक गाउँपालिका ३ बुलासे बस्ने २० वर्षीय नवीन खत्रीलाई २ थान भरूवा बन्दुकसहित प्रहरीले पक्राउ गरेको हो ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिंगटीबाट खटिएको प्रहरीले उनको घर तलासी गर्ने क्रममा लुकाई राखिएको १ थान भरुवा बन्दुक र घर नजिकै बारीमा प्लाष्टिकले बेरी राखेको अवस्थामा थप १ थान भरूवा बन्दुक फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।