देश/प्रदेश

कर्णालीमा सोमबार सार्वजनिक बिदा

By खबरहब

August 18, 2023

काठमाडौँ- कर्णाली प्रदेशमा आगामी सोमबार सार्वजनिक विदा हुने भएको छ ।

प्रदेश सरकारले आउँदो सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

प्रदेश स्थापना तथा शहीद दिवस एवम नाग पञ्चमीको अवसरमा कर्णाली प्रदेश सरकारले आफ्नो प्रदेशभर भदौ ४ गते सोमबार सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।