देश/प्रदेश

बसको ठक्करले पाँच राँगा मरे

By खबरहब

August 18, 2023

काठमाडौँ- पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्ती सोनारी गाउँपालिकामा गएराति बसको ठक्करबाट पाँच राँगा मरेका छन् ।

राप्ती सोनारी गाउँपालिका–८ नयाँगाउँ पुलनजिक गए राती करिव ८ः३० बजे नेपालगञ्जदेखि पोखरा जाँदै गरेको ना ६ ख  ६३७८ नम्बर बसको ठक्करबाट पाँच राँगाको मृत्यु भएको कोहलपुरस्थित इलाका प्रहरी कार्यालयका नायव प्रहरी उपरीक्षक सुन्दर तिवारीले बताए ।

उनका अनुसार दुर्घटनामा अन्य दुई राँगा घाइते भएका छन्  । बस र बस चालकलाइ प्रहरीले नियन्त्रणमा लिएको छ । राँगालाई ठक्कर दिएर सात किलोमिटर अगाडी पुगेको बसलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।

घाइते राँगालाई किसानले घरमा लगेर अहिले पशु चिकित्सक बोलाएर उपचारको तयारी गरेका छन् । मरेका राँगाको क्षतिपूर्तिको लागि इलाका प्रहरी कार्यालयमा बसधनी र किसानबीच छलफल भइरहेको  स्थानीयवासी कबिन्द्र परियारले जानकारी दिए ।