अटो

तीन लाख पुगे डिशहोम फाईवरनेटका प्रयोगकर्ता

By खबरहब

August 18, 2023

काठमाडौं । डिशहोम फाईवरनेटले सेवा सुरु गरेको छोटो समयमा नै  तीन लाख ग्राहक बनाउन सफल भएको छ । । देशभर लाखौं मानिसहरुलाई डीटीएच प्रविधिमा आधारित केवल टेलिभिजन सेवा प्रदान गर्दै आएको डिशहोमले सुरु गरेको इन्टरनेट सेवामा छोटो समयमा उल्लेख्य संख्यामा ग्राहक वृद्धि भएका हुन् ।

डिशहोमको ताइवानी सञ्चालक मि क्यारमेन, कार्यकारी निर्देशक सुदीप आचार्यले केक काटेर खुशीयाली मनाएका हुन् । डिशहोम फाइबरनेट इन्टरनेट सेवामा दोस्रो ठूलो सेवा प्रदायकको रुपमा आएको छ । कम्पनीले केही बर्षमा पहिलो हुने लक्ष्य राखेको छ ।

उत्कृष्ट इन्टरनेट तथा गुणस्तरीय ग्राहक सेवाका कारण पछिल्लो समय डिशहोम फाईवरनेट ग्राहकहरुको पहिलो रोजाई हुन पुगेको छ । आकर्षक छुट, निशुल्क डिशहोम गो एप तथा विभिन्न सजिलो, अन्य सेवा प्रदायकको भन्दा सस्तो तथा आकर्षक प्याकेज अहिले डिशहोम फाईवरनेटले प्रदान गरिरहेको छ ।