फाइल तस्वीर

अन्तर्राष्ट्रिय

तालिबानद्वारा अफगानिस्तानमा सञ्चालित २१६ सहायता संस्थाको लाइसेन्स खारेज

By खबरहब

August 18, 2023

काबुल- अफगानिस्तानमा शासन चलाइरहेको तालिबानले यस वर्षमात्र २१६ वटा सहायता संस्थाको लाइसेन्स खारेज गरिदिएको छ । तालिबानले नियुक्त गरेका अफगान उपअर्थमन्त्री अब्दुल लतिफ नजारीले गत वर्षको अवधिमा मुलुकमा २१६ वटा सहायता संस्थाका लाइसेन्स खारेज गरिएको जानकारी दिएका हुन् ।

अफगान टेलिभिजन टोलो न्युजका अनुसार तालिबानले लागू गरेका मापदण्डविपरीत काम गरेका कारण ती संस्थाको लाइसेन्स खारेज गरिएको नजारीको भनाइ छ ।

कुनै संस्थाले मुलुकमा काम गर्दा आफूहरुको नियम मान्नु पर्ने अन्यथा त्यस्ता संस्थाको लाइसेन्स खारेज गरिने नजारीको भनाइ छ । उनले ती २१६ मध्ये ४ वटा विदेशी संस्था भएको पनि जानकारी दिएका छन् ।

यद्यपि ती संस्थामाथि लगाइएको प्रतिबन्ध स्थायी भने नभएको उनले बताए । आफूहरुको नियम र मापदण्ड पूरा गरे ती संस्थालाई पुनः सञ्चालन गर्न अनुमति दिइने उनको जिकिर छ ।