देश/प्रदेश

उपरथी श्रेष्ठलाई दर्ज्यानी चिह्न प्रदान

By खबरहब

August 18, 2023

काठमाडौँ – नेपाली सेनाको उपरथी पदमा बढुवा भएका गणेश कुमार श्रेष्ठले दर्ज्यानी चिह्न लगाएका छन् । शुक्रबार जंगी अड्डामा आयोजित एक समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले उपरथी श्रेष्ठलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा बलाध्यक्ष रथी सिताराम खड्का, रथीवृन्द, अधिकृतहरुका साथै पदोन्नति भएका उपरथी श्रेष्ठको परिवारजनको उपस्थिति थियो।

साउन ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले श्रेष्ठलाई उपरथीमा बढुवा गर्ने निर्णय गरेको थियो । हाल निमित्त कार्यरथीको रुपमा कार्यरत उपरथी श्रेष्ठ पदोन्नतिसँगै कार्यरथीमा नियुक्त भएका छन्।