फाइल फोटो

देश/प्रदेश

पाल्पामा चक्कु प्रहारबाट एकजनाको हत्या

By खबरहब

September 18, 2023

पाल्पा– पाल्पामा तीजको रमाइलो गर्ने क्रममा एक जनाको हत्या भएको छ ।

पाल्पाको तिनाउ गाउँपालिका–२ घोडेबासका सुनिल खत्रीको चक्कु प्रहारबाट हत्या भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गएराति  घोडेबासस्थित एक घरमा तीजको नाचगानको क्रममा दुई युवा समूहबीच सामान्य झगडा हुँदा खत्रीमाथि चक्कु प्रहार भएको हो ।

चक्कु प्रहारबाट गम्भीर घाइते खत्रीलाई उपचारका लागि रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

हत्याको आरोपमा प्रहरीले स्थानीय चारजना युवालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।