समाचार

नेकपा एसका उपमहासचिव तुलाधरलाई पितृशोक

By खबरहब

September 18, 2023

काठमाडौँ– नेकपा (एकीकृत समाजवादी)का उपमहासचिव तथा बागमती प्रदेश कमिटी इन्चार्ज डा. गङ्गालाल तुलाधरलाई पितृशोक परेको छ । 

तुलाधरका पिता पिता रामबहादुर तुलाधरको पाटन अस्पतालमा उपचारका क्रममा ९७ वर्षको उमेरमा निधन भएको हो । उनी उच्च रक्तचापलगायत रोगबाट पीडित थिए । 

पार्टीका सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले समाजसेवी रामबहादुरको निधनको खबरले अत्यन्तै मर्माहत तुल्याएको बताएका छन् । 

खनालले आज एक शोक सन्देश जारी गर्दै उनीप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त सम्पूर्ण परिवारजनमा गहिरो समवेदना व्यक्त गरेका छन् ।