देश/प्रदेश

पशुपतिनाथमा तीज : सेल्फी र टिकटकमा दर्शनार्थीको क्रेज

By खबरहब

September 18, 2023

काठमाडौँ- तीजका अवसरमा पशुपतिनाथ मन्दिरको दर्शनका लागि आएक दर्शनार्थीमा सेल्फी र टिकटकको क्रेज देखिएको छ । तीजका अवसरमा पशुपति क्षेत्रमा दर्शन गर्न आउने महिला व्रतालुमा पशुपति क्षेत्रको पृष्ठभूमि आउने गरी सेल्फी, टिकटक खिच्ने लोभ देखिएको हो ।

सामाजिक सञ्जालनमा तीजका बेलामा पशुपति क्षेत्रमा खिचिएका सेल्फी, टिकटक पोष्ट गर्ने चलनले सेल्फी र टिकटक बनाउनेको सङ्ख्या धेरै देखिएको दक्षिणकालीबाट आएकी दर्शनार्थी रश्मी बस्नेतले बताइन् ।

दर्शनार्थी महिलाहरु नाचगानमा पनि उत्तिकै रमाएको देखिन्छ । साउण्ड सिस्टममा बजिरहेका गीतमा नाचगान गर्ने भक्तजनको सङ्ख्या पनि धेरै छ । त्यसैले यस पर्वका अवसरमा निराहार अर्थात् पानी नपिई व्रत बस्ने गरेपनि पानी र जुस खानेका लागि भने पशुपति क्षेत्रका धेरै ठाउँमा यस्तो व्यवस्था गरिएको छ ।

निःशुल्क रुपमा गरिएको यो व्यवस्थामा सहभागी हुने भक्तजन पनि छन् । पशुपति क्षेत्रमा नेपाली सेना, शान्ति सेवा गृहलगायत संस्थाले निःशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेका छन् । यहाँबाट लाभ लिने भक्तजन पनि धेरै छन् ।