देश/प्रदेश

सिम डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ

By खबरहब

September 18, 2023

काठमाडौँ- सिम डुप्लिकेसन गरी रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका घर भई काठमाडौंको नयाँपाटी बस्दै आएका २२ वर्षीय सरोज दिवाली रहेका छन् ।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

पीडितले प्रयोग गर्ने मोबाइल नम्बर आफ्नै नाममा नामसारी गरेर बैंक खाताबाट विभिन्न बैंक खाता तथा वालेटहरुमा पटकपटक गरी ६ लाख २ हजार ५ सय ४८ रूपैयाँ ट्रान्सफर गरी ठगी गरेको आरोपमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

उनलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसर टेकु पठाइएको प्रहरीले जनाएको छ ।