समाचार

रेडियो पत्रकारिता सम्मान बिजन दुवाडीलाई 

By खबरहब

October 18, 2023

काठमाडौँ– रेडियोकर्मी बिजन दुवाडीलाई सगरमाथा कला पत्रकारिता सम्मान प्रदान गरिएको छ । सिटिजन एफएमका अध्यक्षसमेत रहेका दुवाडीलाई सहारा ग्रुप पाँचौँ सगरमाथा म्युजिक अवार्ड २०८० बाट सम्मानित गरिएको हो । 

यसैगरी कार्यक्रममा वरिष्ठ लोक गायिका तीर्थकुमारी थापालाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड २०८० बाट सम्मानित गरिएको थियो ।  उनीहरूसहित अन्य पाँच जना सञ्चारकर्मी र गायक गायिकाहरूलाई टोखा नगरपालिका प्रमुख प्रकाश अधिकारीले सम्मान प्रदान गरेका हुन् ।

टोखा नगरपालिका प्रमुख अधिकारीले कलाकार तथा सञ्चार कर्मीलाई सम्मान गर्नु  प्रशंसनीय कार्य भएकोले नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।