सांकेतिक तस्बिर

देश/प्रदेश

दार्चुलामा डेढ किलो चरेसहित दुई जना पक्राउ

By खबरहब

October 18, 2023

दार्चुला- दार्चुलामा डेढ किलोग्राम चरेसहित दुई जना पक्राउ परेका छन् ।

एक किलो ६ सय ग्राम चरेससहित दुई जना पक्राउ परेका हुन् । बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्जल बोहरा र सोही स्थानका २८ वर्षीय रामबहादुर बोहरा चरेससहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहले बताए ।

बुधबार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तिबाट दुबै जनालाई चरेससहित पक्राउ गरिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय दार्चुला र शंकरपुर पस्ती चौकीबाट खटिएको प्रहरी टोलीले चरेससहित दुबै जनालाई पक्राउ गरेको हो ।