क्रिकेट

महिला टी–२० सिरिज : नेपालद्वारा जापानसामु ११४ रनको लक्ष्य

By खबरहब

November 18, 2023

काठमाडौँ– चार देशीय महिला टी–२० सिरिजमा नेपालले जापानसामु ११४ रनको लक्ष्य दिएको छ ।

हङकङमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा ११३ रन बनायो ।

नेपालकी रुविना क्षेत्रीले सर्वाधिक ३८ रनको योगदान दिइन् । यस्तै कप्तान इन्दु बर्माले २७, काजल श्रेष्ठले १५ रन तथा पूजा महतोले १३ रन जोडे ।

सिरिजअन्तर्गत समान दुई खेल हारेका दुवै टोली उपाधि भिडन्तबाट बाहिरिसकेका छन् । तान्जानिया र हङकङले भने उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन्।

नेपाल पहिलो खेलमा बुधबार तान्जानियासित २७ रनले पराजित भएको थियो भने बिहीबार भएको दोस्रो खेलमा  हङकङसँग ९ विकेटले पराजित भएको थियो।

महिला टी–२० सिरिजमा घरेलु टोली हङकङसहित नेपाल, तान्जानिया र जापान सहभागी छन्। आईसीसी वरियतामा तान्जानिया १९ औँ, नेपाल २१ औँ, हङकङ २२ औँ र जापान ५१ औँ स्थानमा छन्।