ब्रेकिङ स्टोरी

रास्वपा सभापति लामिछाने मतदाताको घरदैलोमा (तस्वीरहरु)

By खबरहब

November 18, 2023

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने जनताको घरदैलोमा पुगेका छन् ।

गत वर्ष सम्पन्न निर्वाचनमा विजयी बनाएको भन्दै पार्टीका सांसदहरु आ–आफनो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रम गरिरहेका छन् ।

सोहीअनुसार सभापति लामिछाने चितवनका जनताको घरदैलो पुगेका हुन् ।

सो क्रममा एक वर्षमा भए गरेका कामहरु बारे मतदातालाई जानकारी दिने तथा सुझाव संकलनको काम पनि गर्ने पार्टीले जनाएको छ ।