खेलकुद

इंग्लिस प्रिमियर लिग : ब्राइटनमाथि आर्सनलको सहज जित

By खबरहब

December 18, 2023

काठमाडौँ– इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ । आइतबार राति सकिएको खेलमा ब्राइटनलाई २–० गोलले हराउँदै आर्सनलले सहज जित निकालेको हो ।

आर्सनलका ग्याब्रियल जेसस र केइ हार्भिटेजले एक–एक गोल गरेका थिए । जेससले खेलको ५३औँ मिनेटमा गोल गर्दै आर्सनललाई सुरुवाती अग्रता दिलाएका थिए भने हार्भिटेजले ८७औँ मिनेटमा टोलीको अग्रतालाई दोब्बर बनाएका थिए ।

यो जितसँगै आर्सनल १७ खेलबाट ३९ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पराजित भएको ब्राइटन २६ अंकसहित नवौँ स्थानमा छ । दोस्रो स्थानको लिभरपुलको ३८ अंक छ ।