खेलकुद

एनएसएल लिग : आज धनगढी र काठमाडौँ भिड्ने

By खबरहब

December 18, 2023

काठमाडौँ– नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज धनगढी एफसी र काठमाडौँ रेजर्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल साँझ ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

धनगढी आजको खेल जित्दै शीर्षस्थानमा तीन अंकको अग्रता बनाउने प्रयासमा रहँदा काठमाडौँ पनि शीर्षस्थानको धनगढीसँग अंक बराबरी गर्ने योजनामा रहेको छ ।

जारी लिगमा आज धनगढीले र काठमाडौँले छैटौँ खेल खेल्दैछन् । अहिलेसम्मका खेलमा धनगढी अपराजित रहेको छ । धनगढीले खेलेका ५ खेलमा तीनमा जित र दुईमा बराबरी गर्दै ११ अंक जोडेको छ ।

यस्तै, दुईमा जित, दुईमा बराबरी र एकमा हार बेहोरेको काठमाडौँ ८ अंकसहित चौथो स्थानमा छ ।