ब्रेकिङ स्टोरी

नेकपा (एकीकृत समाजवादी)को सचिवालय बैठक बस्दै

By खबरहब

December 18, 2023

काठमाडौँ– नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक आज सुरु हुँदैछ । यसअघि मंसिर २८ र २९ गतेका लागि बोलाइएको बैठक आज बस्न लागेको हो ।

बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बस्नेछ । आजको बैठकमा दुई महिने संगठन निर्माण अभियानबारे छलफल हुनेछ ।

बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गरिने महासचिव घनश्याम भुसालले जानकारी दिए ।

बैठकमा सुशासन, जनजीविका, समसामयिक राजनीतिक विषयमा पनि छलफल हुनेछ ।

एकीकृत समाजवादीले माघ १४ र १५ गते विधान मस्यौदामाथि छलफल गर्ने गरी केन्द्रीय परिषद् बोलाउने तयारी गरेको छ।