unsf]6 gu/ c:ktfn 9f]/kf6g, !$ h]7 M afun'ªsf] unsf]6 gu/kflnsf–% xl/rf}/l:yt gjlgld{t unsf]6 gu/ c:ktfn . of] gu/ c:ktfndf clxn] ljz]if1 ;]jf lbOg yfn]kl5 la/fdLnfO{ ;xh ePsf] 5 . tl:a/ M 8Dd/ a'9fdu/÷/f;;

समाचार

गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह सहयोग

By खबरहब

December 18, 2023

बागलुङ– बागलुङको गलकोट नगर अस्पताललाई विद्युतीय शवगृह उपलब्ध गराइएको छ । गलकोट नगरपालिका–६ नेपानेका झप्परबहादुर बस्नेतले बुबा वीरबहादुर र आमा मनकुमारीको स्मृतिमा विद्युतीय शवगृह सहयोग गरेका हुन् । बस्नेत परिवारले आठ लाख बढीको विद्युतीय शवगृह नगर अस्पताललाई सहयोग गरेको हो ।

गलकोट नगर अस्पतालका प्रमुख डा. राजेश पौडेलले यसअघि विद्युतीय शवगृह नहुँदा अस्पतालको कामकाजमा बाधा पुग्ने गरेको बताए । ‘विद्युतीय शवगृह नहुँदा सडेको शव परीक्षण गर्नुपरिरहेको थियो’, उनले भने ।

पश्चिम बागलुङमै विद्युतीय शवगृह थिएन । यस्तो अवस्थामा शव धेरै दिनसम्म राख्न राख्न मुस्किल हुने गरेको थियो । डा. पौडेलका अनुसार अहिले प्राप्त भएको विद्युतीय शवगृहमा दुईवटा शव राख्न सकिन्छ । ‘यसअघि शवलाई सुरक्षितरुपमा राख्न बाग्लुङ पुग्नुपर्ने अवस्था थियो’, उनले भने ।

विद्युतीय शवगृह सहयोगकर्ता बस्नेतले अस्पताललाई चाहिने अन्य सामग्री पनि निरन्तर सहयोग गर्दै जाने बताए । पश्चिम बागलुङका ६ पालिकाका स्वास्थ्य संस्थामा एउटा पनि विद्युतीय शवगृह छैन । सदरमुकामस्थित धौलागिरि अस्पतालमा शव राख्नुपर्ने बाध्यता थियो ।