फाइल फोटो

आर्थिक

सुनचाँदीको मूल्य स्थिर, कतिमा भइरहेको छ कारोबार

By खबरहब

December 18, 2023

काठमाडौं– नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर रहेको छ । महासङ्घका अनुसार सोमबार छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासङ्घका अनुसार आइतबार पनि सोही मूल्यमा अर्थात् छापावाल सुन प्रतितोला एक लाख १७ हजार ८०० रुपैयाँ र तेजाबी सुन एक लाख १७ हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदी तोलाको १४ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।