समाचार

सर्वोच्चका प्रस्तावित न्यायाधीशद्वय पोखरेल र ढकालको संसदीय सुनुवाइ हुँदै

By खबरहब

December 18, 2023

काठमाडौँ– सर्वोच्च अदालतका प्रस्तावित न्यायाधीश  सुनिलकुमार पोखरेल र बालकृष्ण ढकालको आज संसदीय सुनुवाइ हुँदैछ ।

सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संसदीय सुनुवाइ समितिको बैठकले न्यायाधीशद्वय पोखरेल र ढकालको सुनुवाइ गर्दैछ ।

संसदीय सुनुवाइ समितिबाट नाम अनुमोदन भएमा उनीहरूको नियुक्ति हुनेछ । यसअघि, महेश शर्मा पौडेल, टेकप्रसाद ढुंगाना, सारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संसदीय सुनुवाइ भएको थियो ।