प्रतीकात्मक तस्वीर ।

अपराध

ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी

By खबरहब

December 18, 2023

काठमाडौं– ललितपुरमा २१ लाख बराबरको धनमाल चोरी भएको छ ।

ललितपुर महानगरपालिका-३ सानेपा स्थित ओम शान्ति मार्ग बस्ने ६१ वर्षीय ठाकुर ढकालकाे घरमा आइतबार राति चाेरी भएको हो ।

ढकालको घरबाट सुनका विभिन्न गहना र नगद ४० हजार रुपैयाँ तथा अमेरिकी डलर ७ सय समेत गरी करिब २१ लाख २ हजार ४ सय रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जनाएको छ ।