ब्रेकिङ स्टोरी

रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडे केसीले

By खबरहब

December 18, 2023

कैलाली – प्रा.डा. गोविन्द केसीले अनसन तोडेका छन् । गत शुक्रबार धनगढीमा अनसन सुरु गरेका उनले आज अनसन तोडेका हुन् ।

सरकारले विगतमा पटक–पटक भएको सहमतिलाई कार्यान्वयन नगरेको भन्दै डा. केसीले तीन दिन अनशनमा बस्ने घोषणा गरेका थिए ।

अनसनका लागि गेटामा पुगेका केसीलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेपछि उनी धनगढीको कृष्णमन्दिरको धर्मशालामा अनसन बसेका थिए ।

तीन दिन अनसन बसेपछि डा.केसीले आज रेनुका चौधरी र अञ्जली नेपालीको हातबाट जुस पिएर अनसन तोडेका हुन् ।