फोटो फिचर

त्रिविको ४९औँ दीक्षान्त समारोह (तस्बिरसहित)

By खबरहब

December 18, 2023

काठमाडौं –  त्रिभुवन विश्वविद्यालयको ४९औँ दीक्षान्त समारोहमा १२ हजार चार सय १५ विद्यार्थी दीक्षित भएका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा भएको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानमन्त्री एवं कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ बाट उनीहरु दीक्षित भएका हुन् ।

दीक्षित हुने विद्यार्थीहरुमा स्नातक तहतर्फ ८ हजार ९८ जना, स्नातकोत्तर तहतर्फ ४ हजार एक सय चार, एमफिलतर्फ ४४ तथा विद्यावारिधितर्फ एक सय १२ जना रहेका छन् ।

दीक्षित हुने अभिभावक र उनीहरुका अभिभावक गरी करिब २६ हजार जनाको भौतिक उपस्थितिमा दीक्षान्त समारोह गरेको त्रिविले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयले एकै दिन सर्वाधिक भौतिक उपस्थितिमा विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

त्रिविले विश्वकीर्तिमान बनाएको भन्दै अफिसियल  वर्ल्ड रेकर्डले प्रमाणपत्र समेत दिएको छ ।

तस्बिर : रासस