खेलकुद

एनएसएल : धनगढी र काठमाडौंको बराबरी

By खबरहब

December 18, 2023

काठमाडौं – नेपाल सुपर लिग एनएसएल फुटबलमा धनगढी एफसी र काठमाडौं रेजर्सले १-१ को बराबरी खेलेका छन्।जारी प्रतियोगितामा अपराजित रहेको धनगढीले खेलमा पहिलो अग्रता लिए पनि त्यसलाई जोगाउन सकेन।

अहमद हिजाजीले गोल गर्दै धनगढीलाई १५ औं मिनेटमा अग्रता दिलाए पनि धनगढी अन्तिमसम्म टिक्न सकेन ।

डियाग्ने फालोउले आफ्नै क्षेत्रबाट लामो पास दिएका थिए। त्यसमा काठमाडौंका आन्द्रेस नियाले आफ्नो साथीलाई ब्याक पास दिएका थिए। तर हिजाजीले बल पाए र उनले काठमाडौंका गोलकिपर अन्जल श्रेष्ठ अघि बढेको मौकामा बक्सभित्रबाट भली प्रहार गर्दै गोल गरे।

६५औं मिनेटमा काठमाडौंले बराबरी गोल फर्काएको थियो। धनगढीका रोहन कार्कीले कोमिवनलाई लडाएपछि काठमाडौंले फ्रिकिक पाएको थियो ।

काठमाडौंको दशरथ रंगशालामा भएको खेल १- १ को बराबरीमा टुंगिएसँगै धनगढी १२ अंकसहित पहिलो र काठमाडौं ९ अंकसहित चौथो स्थानमा एथावत् छ।

अपराजित रहेको धनगढीको यो बराबरीले प्ले अफमा पुग्ने संभावना बलियो भएको छ।