आर्थिक

हिमालयन रिको आईपीओमा १६ लाख बढीले दिए आवेदन

By खबरहब

December 18, 2023

काठमाडौं – हिमालयन रिइन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ)मा १६ लाख भन्दा धेरै आवेदन परेको छ ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार सोमबार अन्तिम दिनसम्म कुल १६ लाख ६० हजार २२ जना आवेदकले ३ करोड २२ लाख १५ हजार कित्ता सेयरको लागि आवेदन दिएका हुन् । ६ अर्ब ६३ करोड रुपैयाँ आवेदकको बैंक खातामा रोक्का भएको छ ।

कुल २ करोड ४९ लाख कित्ता सेयरका लागि कम्पनीले आवेदन खुलाएको थियो । गत बुधबारदेखि कम्पनीले आईपीओमा आवेदन खुलाएको थियो । १०६ रुपैयाँ प्रिमियम थप गर्दै कम्पनीले प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओ निष्कासन गरेको थियो ।

हिमालयन रिइन्स्योरेन्सको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।