खेलकुद

यू-२२ बक्सिङ : इन्द्र सुनार क्वाटरफाइनलमा

By खबरहब

January 19, 2023

काठमाडौँ – थाइल्याण्डको राजधानी बैंककमा जारी एएसबिसी यू-२२ बक्सिङ च्याम्पियनसिप खेल अन्तर्गत ५७ केजी तौल समूहमा इन्द्रबहादुर सुनारले जित निकालेका छन् ।

प्रीक्वाटरको ५७ केजी तौल समूहमा सुनारले लाओसका खेलाडी सोक्साखुनलाई (यूनानिमस) ५-० अंकले हराएका हुन् । जितसँगै सुनार क्वाटरफाइनलमा प्रवेश गरेका छन् । सुनारले क्वाटरफाइनल खेल मङ्गोलियन मुक्केबाज गन्तुमार लुण्डासँग खेल्नेछन् ।

नेपालबाट सहभागी दुई खेलाडी विजय बाटा (८६ केजी)  र महिला खेलाडी त्रिशा जवेगु (७५ केजी) सेमिफाइनलमा प्रवेश गरिसकेका छन् । उनीहरूले क्रमशः मोसकिता माइकल र काजिकिस्तानी मुक्केबाज एरजन गुल्सायसँग खेल्नेछन् ।