फाइल फोटो

राजनीति

इसा अवार्ड पाएकोमा डा. रुइतलाई प्रधानमन्त्री प्रचण्डको बधाई

By खबरहब

January 19, 2023

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिष्ठित इसा अवार्डका लागि छनौट भएकोमा वरिष्ठ आँखा विशेषज्ञ डा. सन्दुक रुइतलाई बधाई दिएका छन्।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जालमार्फत डा. रुइतको मानव कल्याणको क्षेत्रको योगदान देशकै लागि प्रतिष्ठित र प्रशंसनीय रहेको उल्लेख गरेका छन्। ‘राज्यसँग उहाँले गरेका अपेक्षालाई सरकारले गम्भीरतापूर्वक लिनेछ।’ प्रधानमन्त्रीले फेसबुकमा लेखेका छन्।

वरिष्ठ नेत्र चिकित्सक डा. रुइतले मंगलबार बहराइनका पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरिएको पुरस्कारको पाँचौँ संस्करण पाउने घोषणा गरिएको थियो। सो पुरस्कार १० लाख अमेरिकी डलर अर्थात् १३ अर्ब नेपाली रुपैयाँ बराबरको छ।

यसअघि रुइत सन् २००६ मा रोमन म्यागसेसे पुरस्कार र सन् २०१८ मा भारत सरकारको पद्मश्री सम्मानबाट सम्मानित भइसकेका छन् ।