फाइल फोटो

आर्थिक

तोकियो आजको तरकारी र फलफूलको मूल्य 

By खबरहब

January 19, 2023

काठमाडौँ – कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार आज रातो आलु ३४ रुपैयाँ प्रतिकेजी पर्दछ भने नेपाली गोलभेँडा ठूलो ५० रुपैयाँ प्रतिकेजी रहेको छ। यो कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले दिएको न्यूनतम मूल्य हो।

यसैगरी सुन्तला १२० रुपैयाँ, कालो अंगुर र अनार ३०० रुपैयाँ प्रतिकेजी रहेको छ। साथै, हरियो अंगुर १८०, अम्बा १००, आभोकाडो ३००, किवि २५० प्रतिकेजी र केरा १२० रुपैयाँ दर्जन रहेको छ। यस्तै कन्य च्याउ प्रतिकेजी ११० रुपैयाँ रहेको छ भने डल्ले च्याउ ३०० रुपैयाँ रहेको छ।

यता, ब्रोकाउली ७० रुपैयाँ, काउली स्थानिय ज्यापु ५० रुपैयाँ, रातो बन्दा ७० रुपैयाँ, रायोको साग ५०, तोरी साग ४०रुपैयाँ,रातो मुला ७० रुपैयाँ रहेको छ। यस्तैगरी, तामा ९० रुपैयाँ,लोकल गाजर ४० रुपैयाँ, खुर्सानी सुकेको ४४० रुपैयाँ, हरियो खुर्सानी ६० रुपैयाँ, भन्टा लाम्चो ६० रुपैयाँ, स्कूस ४० रुपैयाँ, अदुवा ७० रुपैयाँ प्रतिकेजीमा पाइन्छ।

यसैगरी, राजमा घिउ सिमी ८०,तिते करेला १२० रुपैयाँ, प्याज हरियो ८० रुपैयाँ, सुकेको प्याज ४२, भिण्डी १०० रुपैयाँ, लौका ५० रुपैयाँ, गुन्द्रुक २५० रुपैयाँ, नेपाली सुकेको लसुन८० रुपैयाँ, हरियो धनियाँ र कागती १२० रुपैयाँ प्रतिकेजी रहेको छ।