फाइल फोटो

राजनीति

घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव पेश

By खबरहब

January 19, 2023

काठमाडौँ – नेकपा एमालेका सांसद सुवासचन्द्र नेम्वाङले पार्टीका सांसद देवराज घिमिरेलाई सभामुख निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् ।

लामो राजनीतिक इतिहास भएका घिमिरेले प्रतिनिधिसभालाई राम्रोसँग सञ्चालन गर्नसक्ने भन्दै सबैलाई सहयोग गरी निर्वाचित गराउन आग्रह गरेका छन् । नेम्वाङले घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव गरेका छन् । घिमिरे सत्तागठबन्धनबाट साझा उम्मेदवार हुन् ।

उपप्रधानमन्त्रीद्वय राजेन्द्र लिङ्देन र रवी लामिछाने र नेकपा माओवादीका सांसद हितराज पाण्डेले प्रतिनिधिसभाको सभामुखमा घिमिरेलाई निर्वाचित गर्न आग्रह गर्दै नेम्वाङले गरेको प्रस्तावको समर्थन गरेका छन्।