राजनीति

 दलहरूबीच सहमति जुट्न नसक्दा लुम्बिनी प्रदेशसभाको बैठक स्थगित

By खबरहब

January 19, 2023

देउखुरी– लुम्बिनी प्रदेशसभाको आज बसेको बैठकमा दलहरूबीच सहमति जुट्न नसक्दा केही समय बसेर स्थगित भएको छ । नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रदेशसभामा संसदीय दलका नेता धर्मबहादुर चौधरीले विशेष समय लिएर बोलेका थिए ।

उनले सरकारले आफ्नो पार्टीले उठाउँदै आएको मागमा गम्भीरता नदेखाएको गुनासो गरे। उनले नागरिक उन्मुक्ति पार्टीले उठाएका मुद्दामध्ये टीकापुर घटना राजनीतिक विषय भन्नेमा निर्वाचनबाट जनताले अनुमोदन गरेको बताए । प्रदेशसभाको विशेष समयमा बोल्दै उनले प्रदेशसभाको बैठक स्थगित गरी सहमति खोज्न आग्रह गरे। 

त्यसपछि प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले १५ मिनेटका लागि स्थगित गरिएको घोषणा गरेका छन् । आजको बैठकमा मुख्यमन्त्री लीला गिरीले विश्वासको मत लिने कार्यसूची छ ।