खेलकुद

ओसासुनालाई हराउँदै रियलले बार्सिलोनासँग अंक दुरी घटायो

By खबरहब

February 19, 2023

काठमाडौँ – स्पेनिस ला लिगामा रियल म्याड्रिडले ओसासुनामाथि सहज जित दर्ता गर्दै उपाधि दाबेदार बनेको छ।

रियलले घरेलु टोली ओसासुनालाई २–० ले पराजित गर्दै रियलले शीर्षस्थानको बार्सिलोनासँग अंक दुरी ५ मा छोटाएको हो ।

पाम्पलोनामा शनिबार राति भएको खेलमा पाहुना टोली रियलको जितमा दोस्रो हाफमा नै फेडे भाल्भेर्डे र मार्को एसेन्सियोले गोल गरे ।

प्रतिस्पर्धात्मक खेलको ७८औं मिनेटमा भाल्भेर्डेले गोल गर्दै रियललाई १–० को अग्रता दिलाए र ८९औं मिनेटमा भिनिसियसले गोल गरेका थिए तर भिएआरबाट मान्यता पाएन । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी मार्को एसेन्सियोले गोल गर्दै रियलको २–० को अग्रता दिलाए ।

यस जितसँगै दोस्रो स्थानमा रहेको रियलको २२ खेलबाट ५१ अंक पुगेको छ । एक खेल कम खेलेको बार्सिलोनाको ५६ अंक छ । पराजित ओसासुना ३० अंक जोडेर १०औं स्थानमा छ ।