समाचार

किरात याक्थुङ चुम्लुङको राष्ट्रिय सम्मेलन चितवनमा सुरु हुँदै

By खबरहब

February 19, 2023

चितवन – लिम्बू समुदायको साझा संस्था किरात याक्थुङ चुम्लुङको २४औँ राष्ट्रिय सम्मेलन आज चितवनमा सुरु हुने भएको छ।

किराँतीको भाषा संस्कृति जगेर्ना गर्ने उद्देश्यले २०४६ सालमा स्थापना भएको यो संस्थाको आयोजनामा सम्मेलनमा १३ जिल्लाका २८८ प्रतिनिधिको सहभागिता रहनेछ।

भोलिसम्म चल्ने सम्मेलनले साङ्गठनिक तथा प्रगति प्रतिवेदन र आर्थिक प्रतिवेदन पारित गर्दै एक वर्षे नीति तथा कार्यक्रम तय गर्ने महासचिव निरन्ती तुम्बापोले जानकारी दिएकी छन् । यसैगरी ऐतिहासिकस्थलको संरक्षण, अमूर्त सांस्कृतिक सम्पदाको सूची निर्माण, समाधिस्थलको संरक्षणलगायतका विषयमा छलफल हुनेछ।

विसं २०७८ को जनगणनाअनुसार नेपालमा तीन लाख ८७ हजार बढी किराँतको जनसङ्ख्या रहेको छ ।