अन्तर्वार्ता

गणतन्त्रमाथि बादल मडारिएको छ

By खबरहब

February 19, 2023

आफ्नो सिद्धान्त, आदर्श तथा निष्ठाका प्रतिबद्ध नेता हुन् चित्रबहादुर केसी। बढी प्रतिबद्धता, निष्ठाका कारण तथा पूर्वाग्रहका कारण पुरातन, अव्यवहारिक र असान्दर्भिक भन्ने आरोप पनि धेरैको छ। प्रचण्ड सरकारलाई सबैले मत दिए तर दुई जनाले नदिएको जसमध्ये एक चित्रबहादुर केसी हुन्। उनी नेपाली राजनीतिमा सबै भन्दा पाको नेतामा समेत परिचित छन्। राजनीतिको रूपमा इमान प्रतिष्ठा बोकेको तर गर्न केही नसकेको नेताको रुपमासमेत केसी चिनिन्छन्। उनै केसी अर्थात् राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीसँग राजु थापाले गरेको कुराकानी सम्पादित अंश :

कम्युनिस्ट पार्टीको नेता प्रधानमन्त्री हुँदा तपाईंले मत नदिनुको कारण के थियो ? हाम्रो समर्थन पाउने काम नै गरेको छैन। जुन मान्छेले सत्ता र शक्तिको लागि स्वार्थको लागि जे पनि गर्न तयार हुन्छ त्यस्तालाई समर्थन गर्न त्यस्तो खालको मान्छेले मात्र गर्छ। जो व्यक्तिको व्यवहार पहिलेदेखि नै थाहा छ। त्यस्तो व्यक्तिलाई हाम्रो पार्टीले समर्थन गर्दैन। म प्रचण्डसँग २०३६ सालदेखि नै चिनजानमा छु। एकै पार्टीमा रहेर कार्य गरियो। २०४१ सालमा पाटीको पाँचौँ महाधिवेशन भयो त्यतिबेला प्रचण्डलाई केन्द्रीय समितिको सदस्यमा सामेल गर्दा आफू पार्टीको महामन्त्री थिए। मसाल पार्टीको चौंथो अधिवेशन भएको थियो। जसलाई चौंम भनेर चिनिने गरेको थियो। पहिले केन्द्रीय युवक संघको अध्यक्ष बनाएको थियो। केन्द्रीय तयारी समितिमा राखेर त्यसपछि केन्द्रीय समितिमा राखेको हो। लामो समयदेखि जानेको, चिनेको, बुझेको कारण हाम्रो पार्टीले समर्थन गर्न सक्दैनन् र लिँदैन।

प्रचण्डलाई गठबन्धनमा किन सामेल गरियो ? त्यो आवश्यक रहेको थियो। २०१५ सालमा आम निर्वाचन भयो। दुई तिहाई बहुमत ल्यायो कांग्रेसले, संसदीय व्यवस्थामा प्रचण्डलाई कम अनुभव थियो। २०४६ सालमा पञ्चायती व्यवस्था ढलेपछि २०४७ सालमा जुन संविधान बन्यो। त्यो संविधानमा राजालाई एमालेसँग मुछिएर पुस ९ गते ओलीले हुक थापे। त्यस कारण यो अवस्था आयो। अहिलेको गतिविधि हेर्दा थाहा हुन्छ। गणतन्त्रको लागि संघर्ष गरेकोबाट नै खतरा मडारिएको छ तथा गणतन्त्र माथि कालो बादल मडारिएको छ।

पूर्व राजा ज्ञानेन्द्रलाई बोलाएर केही सन्देश दिएको छ। त्यसमा नेकपा (एमाले)को मूल नेतृत्व सामेल छ भन्ने शंका छ नि ? २०७७ साल पुस ५ गते संसद्मा पार्टी भित्र आफू अलमलमा परेपछि एमालेको इमानदारिता त राजीनामा दिने तथा हट्ने हो । तर पार्टीमा त्यो विषयमा सल्लाह नै नभएको अवस्था छ। २०७२ को संविधान पनि क्षतविक्षत भएको थियो। ७७ साल पुस ५ गते संसद् विघटन गर्दा हाम्रो पार्टीले यो प्रतिगमन हो भनेको हो। उक्त विघटनले गणतन्त्रलाई सिद्धयाउने अभियान गर्छ। आलीज्यूको प्रतिगमनविरुद्धमा सबै मिलेर कार्यगत गर्नुपर्छ।

कमल थापाले गणतन्त्र भत्काउन चाहेको किन हो ? उहाँको भनाइ गणतन्त्रले काम गरेन भन्ने हो। जस कारण राजतन्त्रमा फर्कन खोजेको हो। नेपालमा २४० वर्ष नेपाली जनताले राजतन्त्रलाई सम्हालेका थिए। आजको युगमा गणतन्त्रलाई भत्काएर राजतन्त्र पुनरस्थापना गर्नको लागि २०१७ सालको प्रतिगमनलाई छिमेकी राष्ट्रले विरोध गरेको थियो। त्यसले नेपाल हिन्दु राज्य हुनुपर्छ भन्न खोजेको छ। हाम्रो भनाइ प्रदेश खारेज गर्ने हो। प्रदेशमा हुने जे जति खर्च छ त्यो गाउँपालिका नगर पालिमा दिने व्यवस्था गर्दा राम्रो हुन्छ जस्तो लाग्छ।

सरकारले जनयुद्ध दिवस भनेर बिदा दियो। धेरैले बिदाको आलोचना गरेका छन्। यसमा तपाईंको भनाइ के छ ? बिदा त आफ्नो हातमा निर्णय गर्ने अधिकार भएपछि भएको काम हो। सत्तामा गएर आफू रजाइँ गर्न जनयुद्ध देशबाट विदेशी हस्तक्षेप विदेशीको लुट त्यसको अन्त्य हो। सामन्तवादको समूह नै नष्ट हो। जनवादी क्रान्ति गर्न खोजको हो। जनवादी क्रान्ति गर्ने बेला नै थिएन। विश्वको परिस्थिति नै थिएन। जनवादी क्रान्ति गर्ने सम्भव नै भएन। पृथ्वी एकता दिवस पहिलेदेखि नै मनाउँदै आएको अवस्था छ। नेपालमा सार्वजनिक बिदा धेरै मात्रामा भएको भने छ। संसारको एक नम्बरमा धेरै बिदा दिने देशमा नेपाल नै रहेको छ।

अहिलेको गठबन्धन टिक्ने, अगाडि बढ्ने, काम गर्ने, कस्तो परिस्थिति रहेको छ ? आफ्नो देशको नागरिक हो वा अर्को देशको नागरिक हो त्यो नछुट्टिएको अवस्था छ। छिमेकबाट आक्रमण, साधनमाथिको हस्तक्षेप थियो। त्यसलाई सहेर अगाडि बढेको थियो। अहिले अमेरिकाको ठाडो हस्तक्षेप तथा आक्रमण बढेर गएको छ जसले मुलुक चपेटामा परेको छ।

चीन पहिला सुतेको बाघ भन्ने थियो। अर्काको देशमा हस्तक्षेप गर्दैन थियो ? तर ओलीलाई सरकार बनाउन चीनले प्रत्यक्ष भूमिका निर्वाह गरेको कुरामा तपाईं सहमत हुनुहुन्छ ? विश्वमा रुस र अमेरिकाबीचको युद्ध थियो। अहिले चीन र अमेरिकाबीच युद्ध देखिन्छ। नेपाल चीनको छिमेकी हो। नेपाललाई आफ्नो पक्षमा नबनाएसम्म चीनविरुद्ध लड्न सकिँदैन भन्ने छ। त्यही अनुसार संसद्लाई एमसीसी बोकाएर नै छोड्यो।

जापान अमेरिकासँग मिलेर तेस्रो अर्थतन्त्र बनेको छ। विश्वका शक्तिशाली अर्थतन्त्र भएका देशसँग मिलेर देशको अर्थतन्त्र जोगाउनु पर्ने बेलामा झगडा किन हुन्छ ? नेपालको भौगोलिक अवस्था नै नाजुक तथा अन्य देशप्रति निर्भर रहेको छ। महाकालीदेखि पूर्व तराईका जग्गा प्लटिङ गरेर सत्यनास बनाएको छ। यहाँ केही योजना छैन। उत्पादन छैन। पाँच दिन आयातमा रोक लगाएमा खान नपाएर मर्ने अवस्था रहेको छ। उद्योग धन्दा खोलेर जनतालाई काम देलान् भन्दा भएका उद्योगधन्दा तथा कल कारखाना बन्द गरेर जनतालाई नै मारमा पारेको परिस्थिति आएको छ। नेपाल राष्ट्रको अस्तित्व जोगाउन महा मुस्किल परेको अवस्था छ।

वामपन्थीको समाजवादी मोर्चा वैचारिक तथा सैद्धान्तिक रूपमा सहमतिमा नै अगाडि बढेको हो ? वनको चरो के बास्छ के बास्दैन मलाई थाहा हुँदैन। यो गठबन्धन रहला पनि भन्न सकिन्न यसमा आफ्नो स्वार्थले भत्काएमा मात्र हो। राप्रपालाई सामेल गरेर जुन सरकार बनाउनु भयो यो गठबन्धन लामो समयसम्म टिक्न पनि सक्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता) प्रस्तुति : कुसुम गौतम