फाइल फोटो

राजनीति

जसपाको कार्यकारिणी समिति बैठक ११ बजे सुरु हुँदै

By खबरहब

February 19, 2023

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा) नेपालको कार्यकारिणी समितिको बैठक आज बस्ने भएको छ।

देशको समसामयिक राजनीतिक अवस्था, राष्ट्रपति, उपराष्ट्रपतिको चुनाव, विधान अधिवेशन, विभिन्न पार्टीसँग भइरहेको एकीरणलगायतको विषयमा छलफल गर्न बैठक बोलाइएको हो ।

यही फागुन २५ गते हुने राष्ट्रपति र चैत ३ मा हुने उपराष्ट्रपतिको चुनावका लागि पार्टीको भूमिका के हुने भन्नेबारे बैठकमा छलफल हुने जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए । उनका अनुसार बैठक बालकुमारीस्थित पार्टी कार्यालयमा बिहान ११ बजेदेखि बस्ने भएको छ ।

यसैगरी जसपाले नेकपा (एकीकृत समाजवादी)पार्टीलगायत अन्य साना दलहरूसँग पनि पार्टी एकीकरणका लागि छलफल गरिरहेको जनाएको छ ।