फाइल फोटो

आर्थिक

सुनको मूल्य तोलामा ७०० रुपैयाँ बढ्यो

By खबरहब

February 19, 2023

काठमाडौँ – आइतबार नेपाली बजारमा सुन र चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा सुन चाँदीको मूल्य निरन्तर बढिरहेको छ । आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख २ हजार ५०० रुपैयाँ थियो ।

तेजाबी सुन तोलामा १ लाख २ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तेजाबी सुनको मूल्य तोलामा १ लाख २ हजार रुपैयाँ थियो ।

आइतबार चाँदीको मूल्य पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेको चाँदीको मूल्य १२ सय ९० रुपैयाँ पुगेको छ । गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १२ सय ७५ रुपैयाँ थियो ।