फाइल तस्वीर

ब्रेकिङ स्टोरी

रिहा भएपछि चौधरीले भने- ‘ममाथि प्रतिशोध साँधियो’ 

By खबरहब

February 19, 2023

काठमाडौँ – नागरिक उन्मुक्ति पार्टी (नाउपा)का नेता अरुण कुमार चौधरी कारागारमुक्त भएका छन् । राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा सरकारबाट आममाफी पाएपछि उनी आइतबार बिहान कारागारमुक्त भएका हुन् ।

उनलाई नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले कारागारमा पुगेर स्वागत गरेकी थिइन् । १८ दिन कारागार बसेर रिहा भए पछि चौधरीले आफूमाथि प्रतिशोध साँधिएको प्रतिक्रिया दिए।

गत ४ मंसिरमा भएको निर्वाचनमा कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित चौधरीलाई प्रहरीले गत माघ १९ गते बाँकेबाट पक्रेको थियो।  ९ वैशाख २०७० मा कैलाली जिल्ला अदालतले चौधरीसहित तीन जनामाथि ६ महिना कैद र ८ लाख १९ हजार रुपैयाँ जरिवाना गर्ने फैसला गरेको थियो । उनीमाथि ३ भदौ २०६६ मा बन्दको अवज्ञा गरेको भन्दै ट्याक्टर जलाएको अभियोगमा सजाय सुनाइएको थियो ।