समाचार

ट्याक्टरबाट खसेर चालकको मृत्यु

By खबरहब

February 19, 2023

बाँके – बाँकेको नेपालगन्ज उपमहानगरपालिका १६ सुख्खा बन्दरगाहमा ट्याक्टरबाट खसेर चालकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४० वर्षीय भारतीय नागरिक जयप्रकाश बर्मा रहेका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका बर्माको उपचारको लागी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको हो ।

भारतीय नम्बरको ट्याक्टरको टायर फुस्किएर बर्मा खसेका थिए ।