सांकेतिक तस्बिर

समाचार

मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

By खबरहब

February 19, 2023

सुनसरी – सुनसरीको हरिनगर गाउँपालिका-१ मा मोटरसाइकलको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ।

मृत्यु हुनेमा सुबोध मुखीयाकी ७ वर्षीया छोरी नैना कुमारी रहेकी छन्। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बालिकाको उपचारको क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको हो। को २५ प ८८ ०९ नम्बरको मोटरसाइकलले  सडक पार गर्दै गरेकी बालिकालाई ठक्कर दिएको थियो।

मोटरसाइकल चालक नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।